नियम ७
जानकारी दिनु पर्ने
(१) बालक विरुद्ध अभियोगपत्र दायर भए पछि बाल अदालत वा बाल इजलासले त्यस्तो अभियोगपत्र र तत्सम्बन्धी लिखत प्रमाणको एक एक प्रति बालकको बाबु, आमा वा संरक्षकलाई तुरुन्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम सूचना दिँदा बालकको बाबु, आमा वा संरक्षक नभेटिएमा वा निजले त्यस्तो सूचना बुझ्न नमानेमा त्यस्तो सूचना बालकको कानून व्यवसायीलाई उपलब्ध गराउनु पर्नेछ ।
(३) उपनियम (१) र (२) मा जुनसुकै कुरा लेखिएको भएतापनि बालकको बाबु, आमा वा संरक्षक आफै बाल अदालत वा बाल इजलास समक्ष उपस्थित भई त्यस्तो सूचना बुझ्न सक्नेछन् ।